एमाले अध्यक्ष ओली झापा जाँदै, कार्यकर्तासँग भेटघाट गर्ने

एमाले अध्यक्ष ओली झापा जाँदै, कार्यकर्तासँग भेटघाट गर्ने


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई दिनका लागि आज गृहजिल्ला झापा जाने भएका छन्।

दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ।

सो क्रममा आज बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने तालिका छ।

१२ गते दमकमा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई भेटघाट गरिसकेपछि काठमाडौँ फर्कने कार्यक्रम तय गरिएको ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए।

Logo