कारोबार हुने साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार ४४ दशमलव ८० अंकले घटेको बजारमा बुधबार २३ दशमलव ८३ अंकको सुधार आएर २ हजार १११ विन्दुमा पुगेको हो ।
बुधबार २२७ वटा धितोपत्रका ७५ लाख ८ हजार कित्ता सेयर ३ अर्ब १६ करोड १४ लाख रुपैयाँमा खरीद विक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बुधबार १३ वटा समूहमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव ५८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढि फाइनान्स समूहको परिसूचक ४ दशमलव १३ प्रतिशतले बढेको हो ।
त्यस्तै, बुधबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकममा सबैभन्दा बढी शिवम् सिमेन्टको १७ करोड ९४ लाखभन्दा बढिको सेयर कारोबार भयो ।
प्रतिक्रिया