पेरिस ओलम्पिक २०२४ को तयारीका लागि १० खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने

पेरिस ओलम्पिक २०२४ को तयारीका लागि १० खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने


नेपाल ओलम्पिक कमिटिले पेरिस ओलम्पिक २०२४ को तयारीका लागि १० खेलाडीलाई छात्रवृत्ति दिने भएको छ । कमिटिले पहिलोपल्ट छात्रवृत्ति योजनामा डान्स स्पोर्ट्सलाई समेटेको छ । 
डान्स स्पोर्ट्समा दिपक लामा, ब्याटमिन्टनमा प्रिन्स दाहाल, भारात्तोलनतर्फ सागर भण्डारी, जुडोतर्फ मनिता श्रेष्ठ प्रधान, फेंसिङतर्फ पायास योन्जन र पौडीतर्फ नासिर हुसेनको नाम समेटिएको छ । यस्तै सुटिङतर्फ सुस्मिता नेपाल, तेक्वान्दो तर्फ युनिसा राई, गल्फका सुवास तामाङ र टेवल टेनिसतर्फ सम्युक पालको नाम सिफारिस गरिएको महासचिव मिनेन्द्रराज श्रेष्ठले जानकारी दिए । 

छात्रवृत्ति अन्तर्गत प्रत्येक खेलाडीले मासिक ७ सय ५० अमेरिकी डलर पाउने बताइएको छ । ओलम्पिक कमिटिले सम्बन्धित संघसँगको समन्वयमा इन्टरनेसनल फेडरेसनलाई नाम सिफारिस गरेको र उनीहको नाम अनुमोदन भएपछि ओलम्पिक कमिटिले हरेक महिना ७ हजार ५ सय डलर पाउने छ । पहिला ४–४ वर्षका लागि उपलव्ध छात्रवृत्ति यस पटक तीन वर्षका लागि मात्रै प्राप्त भएको छ । जस अनुसार २०२२ जुलाई २२ देखि खेलाडी यो योजनामा समावेस हुनेछन ।   

Logo