झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु


झापाको कमल गाउँपालिका–५ मा हिजो साँझ ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुने पुरुषको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०३ ००१ क २१२ नम्बरको टिपरले साइकललाई हिजो साँझ साढे ५ बजे ठक्कर दिएको थियो । टिपरसहित चालकलाई प्रहरी चौकी केर्खा झापाले नियन्त्रणमा लिएको छ ।

Logo