धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक


नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९÷८० का लागि  नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै धितोपत्र बजार तथा विनियम बजार सम्बन्धि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको नीति तथा कार्यक्रम अनुसार बोर्डले बुक बिल्डिङका लागि अटोमिटिक इलेक्ट्रोनिक सिस्टम बनाउने जनाएको छ । बुक बिल्डिङ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने उल्लेख छ ।

बजेटमा उल्लेख भएका १ अर्ब सोभन्दा बढी र पूँजी ५ अर्बभन्दा बढी कारोबार गर्ने प्राकृतिक स्रोतको प्रायोग गर्ने कम्पनीलाई सार्वजनिक निष्कासन गर्ने व्यवस्था कार्यन्वयन अगाडि बढाउने घोषणा पनि बोर्डले गरेको छ ।

वस्तु विनिमय बजार (कमोडिटी एक्स्चेन्ज) को नयाँ आवेदन माग गर्ने र लाईसेन्स दिने घोषणा पनि बोर्डले गरेको छ ।  नीति तथा कार्यक्रमले हाल नसमेटिएका साना तथा मझौला, लघु एसएमईज् कम्पनीहरुलाई धितोपत्र बजारमा आउन सक्नेगरी सहजीकरण गर्ने नीति लिएको जनाएको छ ।

यस्तै, नीति तथा कार्यक्रमले धितोपत्र कारोबारलाई पूर्ण प्रविधिमैत्री बनाउँदै चुस्त दुरुस्त बनाउने, पुँजी बजारको दायरा फराकिलो बनाउने तथा नियमन कार्यलाई कडाइ र प्रभावकारी बनाउने बताएको छ ।

Logo