नेपालीले एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पानको पात चपाए

नेपालीले एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पानको पात चपाए


नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ ।

विभागका अनुसार उक्त मूल्यमा १ लाख ५३ हजार १०३ केजी पानको पात नेपाल भित्रिएको छ । नेपाल भित्रने सबै पानको पात भारतबाट आउने गरेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले २ करोड ३७ लाख ९४ हजार रुपैयाँमा १ लाख ३३ हजार ५७३ केजी पानको पात भारतबाट आयात गरेको थियो । 

Logo