हिरासतमा रहेकी महिलामाथि बलात्कार गरेकाे आराेपमा असई पक्राउ

हिरासतमा रहेकी महिलामाथि बलात्कार गरेकाे आराेपमा असई पक्राउ


 प्रहरी हिरासतमा रहेकी महिलालाई सोधपुछका बहानामा राती २ बजे कोठामा बोलाएर यौन दुर्व्यवहार गरेकाे आराेपमा एक असई पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईले हिरासतमा रहेकी एक महिलालाई करणी गरेकाे आराेपमा उनलाई पक्राउ गिरएकाे हाे।

साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको हिरासतमा राखिएकी एक महिलालाई शुक्रबार बिहान २ बजे (मध्यराति) निकाल्न लगाएर असईं चौलागाईंले आफ्नो कोठमामा पुर्‍याई यौंन दुर्व्यवहार तथा बलात्कार गरेको आरोप पछि पक्राउ परेका थिए।  

असईं चौलागाईंलाई थुनामा राखेर घटना अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Logo