नेपाली युवती अमेरिकामा सौन्दर्य प्रतियोगिताको उपाधी नजिक

काठमाडौं । बैतडीकी मिराकल चन्द अमेरिकमा एक सौन्दर्य प्रतियोगिताको उपाधी नजिक पुगेकी छन् । अमेरिकाको क्यालिफोर्नियामा जारी मिस फिलिपिन्स युएसए २०१९ मा नेपाली चेली मिराकल उपाधी नजिक पुगेकी हुन् ।

उनलाई मिस फिलिपिन्स युएसएको ताज जिताउन भोटिङ खुला गरिएको छ । बैतडीका कर्ण चन्दकी छोरी मिराकल आमा फिलिपिन्सकी भएकाले मिस फिलिपिन्स युएसएमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन् ।

जुलाई २० सम्म भोट गर्न सकिनेछ । जुलाई २१ मा मिस फिलिपिन्स युएसए २०१९ को घोषणा गरिनेछ । अनलाइन भोटिङमा एक जनाले १ दिनमा १ भोट गर्न पाउनेछन् ।

हाल अमेरिकामा बस्दै आएकी मिराकललाई भोट गर्न परिवारले अपिल गरेका छन् । टप १० प्रतियोगिमा उनी भोटिङको आधारमा टप ४ मा छिन् । यो समाचार तयार पार्दासम्म उनले ७३४९ भोट पाएकी छन् ।

मिराकललाई उहाँ क्लिक गरेर भोट गर्न सकिनेछ ।

नेपाली युवती अमेरिकामा सौन्दर्य प्रतियोगिताको उपाधी नजिक