आज साउन १५, खीर खाएर मनाइँदै

आज साउन १५, खीर खाएर मनाइँदै


आज साउन १५, खिर खाने दिन । आजको दिनलाई नेपालीहरुले खीर खाने पर्वका रुपमा पनि मनाउने गर्छन् । 

दूधबाट तयार पारिने खिरले वर्षातले थकित शरीरलाई ऊर्जा दिने मान्यताका साथ खीर खाने परम्परा छ। नेपाली चाडबाडमा थरीथरीका परिकार पाक्ने गर्छन्। नेपालीका भान्सामा दसैंमा मासुका परिकार बढी पाक्छन् भने तिहारमा सेल रोटीले सबैको मन जितेको हुन्छ। यस्तै असार १५ मा दही चिउरा खाने गरिन्छ भने साउन १५ खीर खाएर मनाइन्छ।

खीरलाई चोखो परिकारका रुपमा लिने गरिन्छ । त्यसैले  पूजापाठ वा  श्राद्धमा खीर चढाइने गरिन्छ। चामल, दूध, नरिवल, काजू तथा मरिचको मिश्रणबाट खीर बनाइन्छ। विभिन्न मरमसलाको प्रयोग गरी खीर पकाइने हुँदा यसमा विभिन्न पौष्टिक तत्व रहेको हुन्छ। यस्तो परिकार स्वास्थ्यका लागि फाइदाजनक हुने आम धारणा छ।

Logo