गुल्मीमा मलामी गएका वृद्ध खोलामा डुबेर बेपत्ता

गुल्मीमा मलामी गएका वृद्ध खोलामा डुबेर बेपत्ता


गुल्मीमा मलामी गएका ब्यक्ति खोलामा डुबेर वेपत्ता भएका छन् । 

जिल्लाको मुसिकोट नगरपालिका–४ का अन्दाजी ६० वर्षीय  तुलबहादुर अधिकारी बढिगाड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । छिमेकीको मलामी गएका अधिकारी उपल्लो भुवाचिदीस्थित वडा नम्वर ४ र ६  जोडने पुलको नजिकैको साँघुरो बाटोमा चिप्लिएर खोलामा खसेर बेपत्ता भएको स्थानीयहरुले जनाएका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 
 

Logo