एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने


माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज ग्रेडवृद्धि (पुरक) परीक्षा मिति तोकेको हो ।

२०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ ५ गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विद्यार्थीले बढीमा २ विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५ सय राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् ।

Logo