अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा


करका दर हेरफेर गरेको आरोपमा राजीनामा दिएका जनार्दन शर्मा फेरि अर्थमन्त्रीको रुपमा फर्किने पक्का भएको छ।

करका दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि राजीनामा दिएका शर्मालाई संसदीय छानबिन समितिले सुनियोजित रुमपा सफाइ दिएपछि उनैलाई अर्थमन्त्री बनाइने भएको हो।

शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको  माओवादी केन्द्रीय कार्यालय निकट श्रोतले जानकारी दियो ।

जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि शर्माले असारस २२ गते पदबाट राजीनामा दिएका थिए।

त्यसै दिन संसदले ११ सदस्यीय छानबिन समिति बनाए उनीमाथि अध्ययन गरेको थियो। तर शुक्रबार छानबिन समितिले शर्मालाई सफाइ दिएपछि उनी लगत्तै अर्थमन्त्रीमा पुनः नियुक्त पाउन लागेका हुन्।
 

Logo