एन आई सी एशिया बैंकको नयाँ सेवा विस्तार,अब मेसिनबाट सोझै रकम जम्मा गर्न सकिने

एन आई सी एशिया बैंकको नयाँ सेवा विस्तार,अब मेसिनबाट सोझै रकम जम्मा गर्न सकिने


एन आई सी एशिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने सेवाको सुभारम्भ गरेको छ । नयाँ सेवा मार्फत अब ग्राहकहरुले बैंकमा गई कुनै फारम बिना खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने नायब प्रमुख सूचना अधिकारी अर्जुन खनियाले जानकारी दिए  ।

१००० र ५०० दरका नोटहरु मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९,५०० गरी दैनिक अधिकतम ९,९९,५००  सम्म नगद जम्मा गर्ने सकिने व्यावस्था गरिएको प्रमुख खनियाले जानकारी दिए ।  बैंकले यो सेवा हालको लागि न्यूरोड विशालबजार शाखामा विस्तार गरेको हो । निकट भविष्यमा देशका अन्य शाखाहरुमा समेत विस्तार गर्ने योजना बनाइरहेको बैंकले जनाएको छ । 

सोझै मेसिनबाट कसरी जम्मा गर्ने नगद ?

नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्मा गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा इत्ए प्राप्त हुन्छ ।
उक्त इत्ए मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ ।  

त्यसपश्चात आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम खातामा तत्काल जम्मा गरिदिने छ र त्यसको जानकारी एसएसएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने छ । 

नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको काउन्टरमा लामो समयसम्म बस्नु पर्ने अवस्थाबाट ग्राहकहरुलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । 
 

Logo