माघदेखि बमघाट – बसन्तपुर केबलकार सञ्चालन हुने

माघदेखि बमघाट – बसन्तपुर केबलकार सञ्चालन हुने


माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ । हालै सम्पन्न लुम्बिनी केवलकार प्रा.लि.को साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म तीन किलोमिटर दूरीमा केबलकार सञ्चालन गरिने लागेको हो ।

केबलकार सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका विषयमा सरोकारवाला र स्थानीय जनताबीमा सार्वजनिक सुनुवाइ कार्यक्रम समेत भइसकेको छ ।

Logo