तारा थापा र बिबेक रकको स्वरमा तीज गीत ‘नाचौं सँगी’ सार्वजनिक

तारा थापा र बिबेक रकको स्वरमा तीज गीत ‘नाचौं सँगी’ सार्वजनिक


गायिका तारा थापा र गायक बिबेकको स्वरमा तीज गीत ‘नाचौं सँगी’ भिडियो सार्वजनिक भएको छ । वन सुस्लिङ्गले छायाँकन गरेको भिडियोमा गम्भीर बिस्ट,समारिका ढकाल र स्मारिका ढकाल फिचर्ड छन् । 

भिडियो मेलोडी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । किरण के उप्रेतीको शब्द रचना रहेको गीतमा चाँद सिंहको संगीत समावेस छ ।  गम्भीर बिस्टको निर्देशनमा बनेको भिडियोमा सुबोल थापाले कोरियोग्राफी गरेका छन्।

त्यसैगरि अस्मिता जुरेलीको तीज गीत 'यसपालीको तीजमा हामी विशेष मनाउने'को भिडियो रिलिज गरिएको छ । ओम सुनारको संगीत तथा सुशिल शर्माको शब्द रचना रहेको गीतमा अस्मिता आफैले स्वर दिएकी छिन् । 

गीत अस्मिता जुरेलीको अफिसियल युट्युबबाट सार्वजनिक गरिएकको भिडियोलाई अस्मिताले नै निर्देशन गरेकी छिन् । 

भिडियोमा अस्मितासँगै जयकिशन बस्नेत, समिक्षा बिसी, सुष्मा दाहाल, इस्थार सुनाम, अनु पराजुली, भगवती खड्का ,सविता राई, रेखा राई, मनिषा लकान्तरी र शिव बिकको अभिनय छ । 

शिव बिकको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारीको छायांकन, मिलन विश्कर्माको कलर तथा सम्पादन छ ।

Logo