बालीको समुद्रमा साम्रज्ञीको रिफ्रेसिङ रुप (फोटोफिचर)

काठमाडौं । अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी साह नेपाली चलचित्र क्षेत्रमा छोटो समयमै चर्चामा आएको नाम हो । उनको पछिल्लो चलचित्र मारुनी प्रदर्शनको तयारीमा छ ।

एकसमय निकै चर्चामा रहेकी साम्रज्ञी पछिल्लो समय भने घुमघाममा व्यस्त छिन् । यतिबेला उनी विदेशमा मस्ति गरिहेकी छन् । उनले इन्डोनेसियाको जिम्ब्रानविच पुगेकी साम्रज्ञीले निकै बोल्ड तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनले समुन्द्र किनारमा विकिनी अवतारमा खिचिएका तस्बिरहरु सेयर गरेकी हुन् ।

पिंक कलरको बिकिनी देखिएकी उनले बालुवा खेलाउने, पानीमा मस्ति गर्ने, किनारामा रेष्ट गर्ने जस्ता गतिविधि गरेकी उनले पोस्ट गरेका तस्बिरहरुबाट देखिन्छ ।

साम्रज्ञीले ड्रिम, ए मेरो हजुर २, इन्टु मिन्टु लण्डनमा, मंगलम, काईरा, रातो टिका निधारमा, मारुनी लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् ।

मारुनी र रातो टिका निधारमा चलचित्र प्रदर्शन हुन बाँकी छन् । रोयल परिवारकी उनी नेपालकै सबैभन्दा धेरै पारिश्रमिक पाउने अभिनेत्रीको सूचीमा पर्छिन् ।