आइएमई पे एपको टप-अपमा थप २% क्यासब्याकको अफर

आइएमई पे एपको टप-अपमा थप २% क्यासब्याकको अफर


'आइएमई पे' ले मोबाईल रिचार्जमा थप २% क्यासब्याकको नयाँ अफर ल्याएको छ । 

आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ । यसै सेवामा थप प्रवर्दन गर्दै आइएमई पेले मोबाईल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको हो । आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप–अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो ।

यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप-अप गर्दा २% क्यासब्याक पनि पाउने कम्पनीले जनाएको छ । क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन उपलब्ध गराउने भएको छ ।

सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा ५० रुपैयाँको १० टप-अप गर्नु पर्ने सर्त कम्पनीले राखेको छ । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

Logo