बाहिरबाट हेर्दा होटल, भित्र यौन धन्दा, आमा छोरीसहित ३ जना पक्राउ

वीरगञ्ज । जीतपुर सिमरा उपमहानगर–१, पथलैयामा होटल संगालो एण्ड गेष्ट हाउस । बाहिरबाट हेर्दा यो गेष्ठ हाउस देखिए पनि भित्र भने यौन धन्दा हुने गरेको खुलाशा भएको छ । सिमराकी ४० वर्षीया पूर्णिमा राय कुर्मी र २१ वर्षीया छोरी सीनाराय कुर्मी मिलेर सञ्चालन गरिरहेको गेष्ठ हाउसमा जवरजस्ती यौन धन्दा गराइने गरेको खुलाशा भएको हो ।

बाराको पथलैयाबाट वेपत्ता भएकी १७ वर्षीया किशोरीमाथि उनीहरुकै गेष्ट हाउसमा जवरजस्ती करणी भएको फेला परेको हो । वेपत्ता भएकी किशोरी अल्पाइन अस्पतालको बेडमा उपचाररत अवस्थामा फेला परिन् ।

चिकित्सकको सल्लाह बमोजिम उनलाई थप उपचारका लागि नारायणी अस्पताल लगियो । उनको होस खुलेपछि जबरजस्तीकरणी भएको रहस्य खेलेको हो । उनीमाथि जीतपुर सिमरा उपमहानगर–१, पथलैयास्थित होटल संगालो एण्ड गेष्ट हाउसमा जर्बजस्ती करणी भएको पाइएको सिमराका डीएसपी गोविन्द पुरीले जानकारी दिए ।

असार २२ गते बिहान सीनारायले ति युवतीलाई ललाइफकाई होटल संगालो एण्ड गेष्ट हाउसमा लगेकी थिइन् । जहाँ सोनीकी आमा ४० वर्षीया पूर्णिमा राय कुर्मी पनि थिइन् ।

पूर्णिमाले उनलाई आर्थिक प्रलोभन देखाउनुका साथै नशालु पेय पदार्थ खुवाएकी थिइन । त्यसपछि उनीहरुले ति युवतीलाई ढोका थुनेर राखे । भोलिपल्ट साँझ केही युवालाई पठाएर ति युवतीमाथि जबरजस्तीकरणी गरियो । त्यसवापत उनीहरुले प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिए ।

पीडितको स्वास्थ्य परीक्षणबाट उनीसँग शारीरिक सम्बन्ध राखिएको पुष्टि भएको प्रहरीले जनाएको छ । पीडितको आमाले किटानी जाहेरी दिएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएकाे छ ।

पक्राउ पर्नेमा होटल सञ्चालिका आमाछोरी पूर्णिमा राय र सीनाराय कुर्मीसहित करणीमा संलग्न विशालकुमार गुप्ता रहेका छन् । कानुनतः १८ वर्ष पूरा नभएकासँग सहमतीमै सम्बन्ध भएपनि जबरजस्तीकरणी मानिन्छ ।

बाहिरबाट हेर्दा होटल, भित्र यौन धन्दा, आमा छोरीसहित ३ जना पक्राउ