धनगढीको एक होटलमा बम बिस्फोट हुँदा ५ जना घाइते

सांकेतिक तस्विर

कैलाली,

कैलाली जिल्लाको धनगढीमा आज साँझ भएको बम विष्फोटमा ५ जना घाइते भएका छन् । स्थानिय निलम होटेलमा बम बिस्फोट हुँदा घाइते भएका ५ जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बोकेको बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा एउटा पेस्तोलसमेत फेला परेको र घाइतेहरु विप्लवका कार्यकर्ता हुन् वा होइनन् पुष्टी हुन भने बाँकी रहेको पनि प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा लक्ष्मण सेरेला, राम सिंह, मोविन खान, जीतेन्द्र यादव र होटल सञ्चालक केशवराज पाण्डेय रहेका छन् । उनीहरु सबैको स्थानिय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप जानकारी आउन बाँकी छ ।

धनगढीको एक होटलमा बम बिस्फोट हुँदा ५ जना घाइते