डिशहोमले दिने सेवाहरुमा अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

डिशहोमले दिने सेवाहरुमा अब अनलाइनबाटै रिचार्ज गर्न सकिने


डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डि.टी.एच र डी.टी.एच कम्बोमा अब नेपालमा उपलब्ध अनलाइन सेवामार्फत रिचार्ज गर्न सकिने भएको छ । आइएमई पे, ई – सेवा,खल्ति र प्रभु पे मार्फत यी सबै सेवाहरुमा सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको हो । आफुले कुन सेवा लिने हो त्यसलाई बुझेर मात्रै  रिचार्ज गर्नु पर्ने छ । 

कसरी गर्ने रिचार्ज ?
डिशहोम मात्र प्रयोग गर्नेले टि.भि सेग्मेन्टमा गएर डिशहोममा क्लिक गरेर रिचार्ज गर्ने ।

डिशहोम फाइबरनेट मात्र चलाउनेले इन्टरनेट सेग्मेन्टमा गएर डिशहोम फाइबरनेट मा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ । 

त्यस्तै फाइबरनेट र डि. टी.एच प्याकेज लिनेले यसका लागि टि.भि सेग्मेन्टमा गएर डिशहोम कम्बो प्याकेजमा क्लिक गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्ने सकिने छ ।

यदी अनलाइन रिचार्जको क्रममा केही समस्या आएमा ग्राहक केन्द्रको ९८०१५४४००० मा सम्पर्क गर्न सकिने छ ।

Logo