सुजुकीको नयाँ अल्टो १८ अगस्टमा लन्च हुँदै

सुजुकीको नयाँ अल्टो १८ अगस्टमा लन्च हुँदै


मारुती सुजुकीको नयाँ अल्टो यही अगस्ट १८ मा लन्च हुने भएको छ  । केही वर्ष अघिसम्म भारतमा सर्वाधिक बिक्री हुने कारका रुपमा परिचित यो इन्ट्रि लेवल ह्याचव्याक पहिलेको तुलनामा केही ठूलो साइजमा आउन लागेको हो ।

यो कारलाई अहिले कम्पनीले भारतका विभिन्न सडकमा परिक्षण गरिरहको छ । भारतमा लन्च भएपछि यो कार नेपाली बजारमा समेत आउनेछ । हाल कम्वस्चन इन्जिनयुक्त प्यासेन्जर कारको आयतमा प्रतिवन्ध लागेको कारण यसको नेपाल यात्रा भने केही समय ढिलो हुने देखिन्छ । मारुतीको यो नयाँ मोडल नयाँ प्लेटफर्ममा निर्माण हुनेछ ।

सुजुकीले आफ्नो मोड्युलर हार्टेक्ट प्लेटफर्ममा सो कार निर्माण गर्ने सम्भावना छ । यो नयाँ कारमा नयाँ के१०सी १.० लिटर ड्युअलजेट पेट्रोल इन्जिन जडान गरिनेछ । 

Logo