महिला साफ : दोस्रो चरणमा ३५ खेलाडी छानिए

महिला साफ : दोस्रो चरणमा ३५ खेलाडी छानिए


नेपालमा लगातार दोस्रो पटक आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले दोस्रो चरणमा ३५ खेलाडी छनोट गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को नियुक्तिसँगै ५८ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थापाले मंगलबार ३५ खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरेका हुन् । अब थापाले अन्तिम छनोटमा २३ सदस्यीय खेलाडी घोषणा गर्नेछन् । 

साफ च्याम्पियनसिप १३ देखि २५ भदौसम्म दशरथ रंगशालामा हुँदैछ । नेपालले १३ भदौमा भुटानविरुद्ध साँझ ५ बजे खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । दोस्रो खेल १९ भदौमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । 
साफ च्याम्पियनसिपको पाँचौँ संस्करण समाप्त हुँदा नेपाल उपाधिविहीन छ । चारपटक फाइनल खेलेकोे नेपाल एकपटक सेमिफाइनलबाटै बाहिर भएको थियो । 

३५ खेलाडीको नाम : 

गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता वि.क.

रक्षक : हिराकुमारी भुजेल, सृजना सिंह ठुकरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पुजा राना, पुनम जर्घामगर, निशा थोकर, सृजना चेम्जोङ, विमला विक, समीक्षा घिमिरे

मिडफिल्डर : विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, सविता रानामगर, प्रिती राई, सरु लिम्बू, दीपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हिमा चौधरी, कुशुम खतिवडा

फरवार्ड : सवित्रा भण्डारी (साम्बा), अमिशा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्रा भण्डारी 

Skip This
Logo