धनगढी विस्फोटमा हाम्रो संलग्नता छैन- विप्लव

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले कैलालीको धनगढीमा बिहिबार भएको विस्फोटमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको बताएको छ ।

कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले हरेक विस्फोटमा पार्टीलाई जोड्नु बदनाम गर्ने सरकारी नीतिमात्र रहेको बताएका छन् । विस्फोट गराउने आफुहरुको कुनै नीति नरहेको भन्दै उनले अनावश्यक आरोप नलगाउन भनेका छन्।

बिहिबार साँझ भएको बम विष्फोटमा एक जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । गम्भीर राम सिंहको मृत्यु भएको थियो भने लक्ष्मण सेरेला, मोविन खान, जीतेन्द्र यादव र होटल सञ्चालक केशवराज पाण्डेय घाइते भएका थिए।

उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।