मुस्लिम राजकुमारीले अपनाइन् हिन्दू धर्म, भन्छिन्, ‘यहाँ निकै सुख मिल्छ’

एजेन्सी । संसारको एक मुस्लिम देश हो इन्डोनेसिया । जहाँका धेरै मानिस इस्लाम धर्म मान्छन् । तर त्यहाँकी राजकुमारी भने सनातन धर्म मान्दै आएकी छिन् । इन्डोनेसियाको जावाकी राजकुमारी कानजेङ्ग राडेन महेन्द्रानी सन् २०१७ देखि हिन्दू धर्म मान्दै आएकी हुन् ।

उनले पुरै हिन्दू धर्मको विधिअनुसार शुद्धीकरण गरेकी थिइन् । हिन्दू धर्म अंगाल्ने बेला उनले इन्डोनेसियाको मूल धर्म सनातन भएको बताएकी थिइन् । उनले धर्म परिवर्तन नगरी आफ्नो मातृ धर्ममा फिर्ता भएको प्रतिक्रिया दिएकी थिइन् ।

हिन्दू धर्म अपनाउनु भन्दा पहिला पनि उनी हिन्दू मन्दिरहरुमा पूजा गर्न जान्थिन् । ७ जुलाई २०१७ मा उनको शुद्धीकरण गरिएको थियो । बालीबाट आएका हिन्दू पुजारी श्री भगवान पुत्रनाथ स्वामीजीले शुद्धीकरण गरेका थिए । अहिले उनी हिन्दु धर्म अनुसार अघि बढ्नुका साथै यसको प्रचार प्रसार पनि गर्दै हिडेकी छन् ।

हिन्दू धर्म इण्डोनेसियामा अल्पसंख्यक समूहले मान्दै आएको धर्म हो । सन् २०१० को जनगणना अनुसार इण्डोनेसियामा १.७ प्रतिशत मानिसले हिन्दू धर्म मान्दै आएका छन् ।

अहिले यो धर्मप्रति आकर्षित हुने मानिसको संख्या बढ्दै गएको छ । राजकुमारीले बालीमा हिन्दू आश्रम बनाउने घोषणा गरेकी छन् । इण्डोनेसियामा हिन्दू लगायत ६ धर्मलाई आधिकारिक मान्यता दिइएको छ । अहिले धर्म परिवर्तन गरेर हिन्दू बन्नेको संख्या दिनप्रतिदिन बढ्दै छ ।

ताजा समाचार

मुस्लिम राजकुमारीले अपनाइन् हिन्दू धर्म, भन्छिन्, ‘यहाँ निकै सुख मिल्छ’