मृत्युपश्चात अंग दान गर्ने परराष्ट्रमन्त्री ज्ञवालीको घोषणा

file photo

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अंग दान गर्ने घोषणा गरेका छन् । मन्त्री ज्ञवालीले मृत्युपश्चात मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा लगायतका अंग दान गर्ने घोषणा गरेका हुन् ।

उनले मृत्यु पश्चात अंग दान गर्ने मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेका छन् । मन्त्री ज्ञवालीसँगै श्रीमती सरस्वती ज्ञवाली अर्यालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा अंग दान दिने मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेका हुन्।

मन्त्री ज्ञवालीले ट्वीट मार्फत पनि अंग दान गर्ने घोषणाको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘जिन्दगीको त के भरोसा छ र ! जति दिन बाँचिन्छ, समाजमा थोरे भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागी अलिकति भए पनि काम लाग्न सकियोस् बस् यत्ति कामना छ।’

मृत्युपश्चात अंग दान गर्ने परराष्ट्रमन्त्री ज्ञवालीको घोषणा