द फ्लीक मोडल्स सेसन आयोजना हुँदै

द फ्लीक मोडल्स सेसन आयोजना हुँदै


नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले राजधानीमा ‘द फ्लीक मोडल्स सेसन १’ नामक मोडलिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी शनिवार राजधानीमा हुने प्रतियोगितामा पुरुष र महिला मोडल विजेता चयन गरिने आयोजक फोकस फेसनका अध्यक्ष आदर्श शर्माले बताए । उनका अनुसार प्रतियोगिताबाट पुरुष र महिला प्रमुख विजेताका साथमा फस्ट र सेकेण्ड रनरअपको घोषणा गरिनेछ । प्रतियोगिताको अन्तिम स्पर्धामा ८ पुरुष र १५ महिला मोडलले स्पर्धा गर्नेछन् ।

प्रतियोगितामाा पुरुषतम ब्रबिन योञ्जन, जेम्स सुन्दास, दिपेन्द्र सोनाम, सागर बस्नेत, केबिन कार्की, शारदा बीर चन्द्र र विदान्त रञ्जितबीच स्पर्धा हुनेछ । त्यसैगरी महिलातर्पm सीमा गुरुङ, सीमा श्रेष्ठ, रत्ना देवी, प्रतीमा पाण्डे, गीता शाही ठकुरी, स्वती यादव, सरगम श्रेष्ठ, अंकी, श्रेष्ठ, सुष्मिता महर्जन, सुष्मिता बराल, अमिशा सुवेदी, निशा खजुरेल र सविना बस्नेतबीच प्रतिष्प्रर्धा हुनेछ ।

अन्तिम स्पर्धाबाट फोटोग्राफर राजभाइ सुवाल, कोरियोग्राफर जयन सुब्बा मानन्धर, अभिनेत्री सञ्चिता लुईंटेल, इभेन्ट अर्गनाइजर विशाल गुरुङ, मोडल दीपक घिमिरेको निर्णायक मण्डलले विजेताको चयन गर्नेछन् । ऋता कटेलले होस्ट गर्ने प्रतियोगिामा अन्य उपउपाधि विजेताको घोषणा समेत गरिनेछ ।

प्रतियोगिताको अन्तिम स्पर्धाबाट उपाधि चुम्नका लागि प्रतियोगिहरु केही साता यता विभिन्न विधाको प्रशिक्षण र तालिममा व्यस्त छन् । मोडलिङ क्षेत्रका विभिन्न विधामा भविष्य निर्माण गर्न चाहनेहरुका लागि यो प्रतियोगिता कोशेढुंगा सावित हुने आयोजक आदर्श शर्माको भनाई छ ।

Logo