अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता २२ साउनदेखि

अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता २२ साउनदेखि


 इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामा पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । २२ साउनदेखि हुने प्रतियोगितामा सुनसरी जिल्लाका विद्यालयहरूले सहभागिता जनाउन पाउने आयोजककाे भनाइ छ । 

प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए । पौडेलका अनुसार प्रतियोगिताका उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिनेछ ।

पौडेलले प्रतियोगिता आयोजनाको मुख्य उदेश्य भनेको सुनसरी जिल्लामा विद्यालय स्तरबाटै क्रिकेट खेलाडीहरु उत्पादन गर्नु रहेको बताए । उनले भने, ‘यो प्रतियोगिता मात्र नभएर विद्यालय स्तरका खेलाडीहरूको छनोट पनि हो  ।

प्रतियोगिता नेपालकै दोस्रो इन्डोर क्रिकेट हल इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा हुनेछ ।’ प्रतियोगिताका लागि सम्बन्धित विद्यालयले आफ्नो टोली दर्ता गर्ने समयावधि २० साउनसम्म रहेको छ ।

Logo