दुबईबाट चारवटा सुनको औंठी लिएर आएका दुई जना विमानस्थलमा पक्राउ

दुबईबाट चारवटा सुनको औंठी लिएर आएका दुई जना विमानस्थलमा पक्राउ


नेपाल एयरलाइन्सको विमानमार्फत दुबईबाट काठमाडौं आएका दुईजना व्यक्ति चारवटा औंठीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङका विवेक तिम्सिना र काठमाडौं दक्षिणकालीका साजन श्रेष्ठ छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार तिम्सिना र श्रेष्ठले ८०/८० ग्राम सुनको औंठी काठमाडौं ल्याएका थिए ।

विमानस्थल प्रहरीले घटनाबारे जानकारी दिन जारी गरेको प्रेस विज्ञप्तिमा दुई जनाको गतिविधि  ‘शंकास्पद’ देखिएकाले आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको भनिएको छ । उनीहरुले अवैधरुपमा लुकाइ छिपाइ भन्सार छलेर औंठी लान लागेको भन्दै प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भनसार कार्यालय, गौचरमा बुझाएको छ ।

Logo