श्रीमतीलाई भेट्न नदिँदा ज्वाईंद्वारा सासूको बलात्कारपछि हत्या !

अर्घाखाँची । श्रीमान वसन्त कुमाललाई माईतीमै छोडेर सीता कुमाल मजदुरी गर्न अन्यत्रै गएकी थिइन् । माईतमा आमा ४३ वर्षीया ईन्द्रा कुमाल र दुई छोरी थिए । उनले श्रीमानलाई ‘म दाजु राजु कुमाल र भाई दिलबहादुर कुमालसँग मजदुरी गर्न अन्यत्रै गए तपाई राम्ररी बस्नुहोला’ भन्दै गएकी थिईन् ।

सधै मादक पदार्थ सेवन गरिरहने बसन्त त्यो दिनपनि रक्सीकै नसामा थिए । असार ३० गते रक्सीको नसामा रहेका बसन्तले राति सासूमाथि जबरजस्ती करणी प्रयास गरे । उनी माईतमा रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली पुगेका थिए।  उनकी श्रीमती मजदुरी गर्न गएको दिन (३० गते ) ससुराली गएका थिए ।  एक त घरमा श्रीमती थिईनन, अर्को सासूसँग वर्षोदेखिको रिस ।

रक्सीको मातमा रहेका बसन्तले सासूमाथि गरिरहेको हर्कत छोरीले देखिरहेकी थिईन् । छोरीले ‘बाबा यस्तो के गरेको’ भन्दा उनी डराए । छोरीले भनिन्, ‘बाबा माथि चढ्नु भयो मैले यो के गरेको भन्दा बाबाले मार्नु भएको हो ।’

सासूले यो के गरेको भन्दै प्रतिवाद गरिन् । तर उनले सकिनन् । त्यहीबीचमा उनले सासूको घाँटीमा डोरीले कसेर हत्या गरे । भान्साकोठामा बारेको बाँसको चिरपटमा सासूलाई झुन्डाएर आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाए । प्रहरीले सुरुमा आत्महत्याकै कोणबाट अनसुन्धान थाल्यो । पछि ज्वाईले नै हत्या गरेको पत्ता लाग्यो ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–८ जलुकेकी इन्द्रा कुमालको हत्या गरेको अभियोगमा प्रहरीले दाङको राप्ती गाउँपालिका–२ लालमटिया घर भएका जेठा ज्वाईं बसन्तलाईं पक्राउ गरी अनुसन्धान थालेको छ । माईंतीमा रहेकी श्रीमतीलाई लिन उनी असार २९ गते ससुराली गएका थिए ।

‘विवाह भएको केहि बर्षपछि सासुले आफ्नी छोरी अर्थात मेरी श्रीमतीलाई माइती मै राखेर आर्जन खाने, घर नपठाउने गर्नुभयो । म भेट्न आउँदा पनि उनको नजिक पर्न दिनुभएन् । त्यही रिसले मैले सासुको हत्या गरेको हुँ’, हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका बसन्तले बयान दिएको जिल्ला प्रहरी कार्यालयमा निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक खिमबहादुर घमले जानकारी दिए ।

उनीहरुबीच ८ वर्ष अघि विवाह भएको थियो । विवाह भएको केही समयसम्म राम्रै सम्बन्ध थियो । बसन्त विस्तारै ऋणमा डुब्दै गएपछि रक्सी सेवन गर्ने र श्रीमतीलाई कुटपिट गर्न थाले । छोरीमाथि हिंसा हुन थालेपछि इन्द्राले माईतमै राखेकी थिईन् ।

बसन्त बेला–बेला श्रीमतीलाई लिन भन्दै ससूराली जाने गरेका थिए । तर सासूले घर नपठाउने भन्दै उनलाई फिर्ता पठाईदिन्थिन् । त्यही रिसले चुर बनेका बसन्तले सासूकै हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

बसन्तले राति सासू र आफु दुवै मिलेर रक्सी खाएको प्रहरीलाई बयान दिएका छन् । ‘सासू र म बसेर दुवैले रक्सी खायौं । अनि रिसमा सासूको घाँटीमा डोरीले कसेर हत्या गर्दै आत्महत्या गरेको जस्तो देखाउन बाँसको चिरपटमा झुन्डाएर गाउँलेलाई बोलाए’ प्रहरीलाई दिएको बयानमा उनले भनेका छन् ।