परराष्ट्रमन्त्री खड्का मंगलबार चीन जाने

परराष्ट्रमन्त्री खड्का मंगलबार चीन जाने


परराष्ट्रमन्त्री डा. नारायण खड्का आगामी मंगलवार चीन भ्रमणमा जाने भएका छन् । चीनका विदेश मामिलामन्त्री वाङ यीको निमन्त्रणमा उनी तीन दिने भ्रमणका लागि चीन जान लागेको पराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार मन्त्री खड्का र चीनका विदेश मामिलामन्त्री वाङबीच छिङदाओमा बुधवार द्विपक्षीय वार्ता हुने छ । चिनियाँ विदेशमन्त्री वाङले खड्काको सम्मानमा बुधवार रात्रिभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई मन्त्रीबीचमा हुने छलफलको विषय भने सार्वजनिक गरिएको छैन । परराष्ट्रमन्त्रीसहितको टोली बिहीवार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

 

Logo