अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानको टोकियोमा

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानको टोकियोमा


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानको टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् ।  

जापानस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले नारिता अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरे। 
नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड जापान उडेका हुन् । उनले भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यातालिका रहेको छ ।

उनको सचिवालयले दिएको जानकारी अनुसार प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने ‘नेपाल फेस्टिभल’को समुद्घाटन गर्ने कार्यक्रम छ ।

त्यस्तैगरी आइतबार हिरोसिमाको भ्रमण गर्नेछन् । हिरोसिमा घटना भएको शनिबार ७५ बर्ष पूरा हुँदैछ । त्यस्तैगरी अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम पनि रहेको छ ।

Logo