नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव


नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । शनिबार ललितपुरमा बसेको पार्टीको बैठकले केन्द्रीय समितिको अध्यक्षमा भट्टराई र यादवलाई चयन गरेको हो । पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने रिक्त रहेको छ ।

त्यस्तै पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाह चयन भएका भने महासचिवमा रमेश यादव चयन भएका छन् । बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ ।

प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल,  कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा। जनक शाह, गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ रहेका छन् ।

Logo