डुबेर एक बालकको मृत्यु

डुबेर एक बालकको मृत्यु


कैलालीमा एक बालकको डुबेर मृत्यु भएको छ । टीकापुर नगरपालिका – १ एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिनेशको नुहाउने क्रममा जमरा कुलोमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । पानीमा डुबेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल लगिएको भए पनि उनको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको थियो ।

Logo