अमिताभ बच्चनले केबीसी होस्ट गरेबापत कति लिन्छन् पारिश्रमिक ?

अमिताभ बच्चनले केबीसी होस्ट गरेबापत कति लिन्छन् पारिश्रमिक ?


कोन बनेगा करोडपतिको १४औं सिजन आइतबारबाट सुरु भएको छ । कार्यक्रममको प्रस्तोता अमिताभ बच्चनको बोल्ने शैली होस् वा निर्माताको नयाँ ट्विस्ट, शोलाई रोचक बनाउन कुनै प्रकारको कसर बाँकी राखिएको छैन । 

सोहि कारण केबीसीको प्रत्येक सिजन उत्तिकै हिट हुँदै आएको छ । अमिताभ बच्चनले केबीसीको हर एक एपिसोडका लागि करोडौं रुपैंया शुल्क लिने गर्छन् । आईतबारबाट सुरु नयाँ सिजनका लागि अमिताभ बच्चनले पहिलो सिजन देखि आजसम्मको सिजनका लागि कति शुल्क लिएका छन् ।
केबीसी सन् २००० मा सुरु भएको थियो । 

यसले पहिलो सिजनमा नै टिभीमा आतंक मच्चाएको थियो । बलिउड लाइफको रिपोर्ट अनुसार अमिताभ बच्चनले त्यतिबेला एउटा एपिसोडका लागि २५ लाख रुपैयाँ लिएका थिए ।

अमिताभ बच्चनले दोस्रो र चौथो सिजनको पारिश्रमिक भने खुलाएका छैनन् । यस्तो अवस्थामा पहिलो सिजन जसरी हिट भएको थियो । त्यसै अनुरुप उनले आफ्नो पारिश्रमिक पनि बढाएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

केबीसीको तेस्रो सिजन शाहरुख खान होस्ट(प्रस्तोता) भएका थिए । रिपोर्टका अनुसार त्यो समय शाहरुखले एउटा एपिसोडका लागि २.५ करोड पारिश्रमिक लिएका थिए । तर यो सिजन अघिल्ला दुई सिजन जस्तो सफल हुन सकेन ।

केबीसीको चौथो सिजनमा अमिताभ बच्चन फेरि फर्किएका थिए । उनले चौथो सिजनमा एकदेखि डेढ करोड रुपैयाँसम्म पारिश्रमिक लिएको अनुमान छ । 

त्यस्तै, सिजन ५, ६ र ७ को लागि अमिताभको पारिश्रमिक १.५ देखि २ करोड थियो ।
सिजन ४ देखि, अमिताभले लगातार शो होस्ट गर्दै आएका छन् । रिपोर्टका अनुसार बिगबीले सिजन ८ का लागि २ करोड, सिजन ९ का लागि २.६ करोड र सिजन १० का लागि ३ करोड भारु लिएका छन् ।

सिजन ४ देखि, अमिताभले लगातार केबीसीको शो होस्ट गर्दै आएका छन् । रिपोर्टका अनुसार बिगबीले सिजन ८ का लागि २ करोड, सिजन ९ का लागि २.६ करोड र सिजन १० का लागि ३ करोड भारु लिएका छन् ।

Logo