विवेकशील दलले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डा अगाडि सार्नेदेखि सीपीएलमा चम्किँदै सन्दीपसम्म (भिडियोसहित)

विवेकशील दलले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डा अगाडि सार्नेदेखि सीपीएलमा चम्किँदै सन्दीपसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये विवेकशील नेपाली दलले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीलाई आफ्नो राजनीतिक एजेण्डा बनाउने भएको छ । बुधबार अनलाइनबाट नयाँ राजनीतिक दस्तावेज सार्वजनिक गर्दै विवदेकशील दलले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई आफ्नो राजनीतिक एजेण्डा बनाउने उल्लेख गरेको हो ।

त्यस्तै औषधि व्यवस्था विभागले अहिले देशभरी नै अत्यावश्यक औषधिहरुको अभाव नरहेको दाबी गरेको छ । तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा केही समस्या देखिए पनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागले दाबी गरेको हो ।

कोरोना भाइरसको प्रभावका कारण बैंकिङ क्षेत्रमा अधिक तरलता भएपछि बैंकको ब्याजदर सर्वाधिक सस्तो भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकको ब्याजदर उल्लेख्य मात्रामा घटेको देखिएको हो । नयाँ तथ्यांकअनुसार निक्षेप तथा कर्जाको ब्याजदर विगत चार वर्षयताकै सस्तो देखिएको छ ।

त्यस्तैगरी कोरोना भाइरसको संक्रमणदर बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साताका लागि थप गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेको हो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीप लामिछानेले बुधबार बिहान भएको खेलमा जमैका तल्लावाजका लागि एक विकेट लिएका छन् । गुयना अमेजन वारियर्स विरुद्धको खेलमा जमैका ५ विकेटले विजयी हुँदा सन्दीपले चार ओभरमा १२ रन खर्चेर एक विकेट लिएका थिए । योसँगै जारी प्रतियोगितामा सन्दीपले हालसम्म पाँच विकेट लिन सफल भएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Skip This
Logo