#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व103019954198756164219837
नेपाल7061

के शृंखला सिशनको प्रेममा परेकी हुन् ?

काठमाडौं । ‘मिस नेपाल-२०१८’ शृंखला खतिवडा यतिबेला टर्कीमा छिन् । उनीसँगै भ्लगर सिशन बानियाँ पनि सँगै छन् । सिशन सँगै खिचिएका श्रृंखलाका तस्बिरहरु सार्वजनिक भइरहेका छन् । ति तस्बिरमा दुवैले प्रेम भाव देखाइरहेका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो नयाँ प्रेमीसँगका तस्बिर सार्वजनिक गरेर चर्चा बटुलिरहेकावेला श्रृंखलाको पनि भिडियो आएको हो ।

सिशनले आफ्नो इन्स्टाग्राममा शेयर गरेको तस्बिरमा उनको काँधमा शृंखलाले टाउको राखेकी छिन् । सोक्रममा दुवैजना खुबै खुसी देखिन्छन् । शृंखलाको यो तस्बिर सार्वजनिक भएपछि उनीहरू प्रेममा रहेको चर्चा चलेको छ ।

सिशन मिस नेपाल प्रतिस्पर्धाको यात्राबाट श्रृंखलालाई साथ दिइरहेका छन् । उनिहरू दुवैजना एकैसाथ रहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। टर्कीको स्तानबुलमा तयार गरिएको उक्त भिडियोमा सिशन र श्रृंखला रमाइरहेको देख्न सकिन्छ।

दुवै जना प्रेममा रहेको चर्चा चले पनि सार्वजनिक रुपमा उनीहरुले बोलेका छैनन् । सिशनको सक्रियतामा उनले मिस वर्ल्डमा आफुलाई निकै चर्चामा ल्याउन सफल भएकी थिईन् ।

मिस वर्ल्ड २०१८ मा टप १२ सम्म पर्न सफल शृंखलाले दुई वटा अवार्ड जितेकी थिईन् । मिस वर्ल्डमा सबैभन्दा महत्वपूर्ण मानिएको ब्युटी विद पर्पज र मल्टिमिडिया अवार्ड जितेकी थिईन् । ब्युटी विद पर्पजलाई मिस वर्ल्ड पछिको दोस्रो ठूलो अवार्ड मानिन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार