कोरोना अपडेटः उपत्यकामा अहिलेसम्मकै उच्च संक्रमित थपिए

कोरोना अपडेटः उपत्यकामा अहिलेसम्मकै उच्च संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्र्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नयाँ संक्रमितमा काठमाडौंमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना रहेका छन् । योसँगै उपत्यकामा कूल संक्रमितको संख्या ४ हजार १९ पुगेको छ । जसमध्ये भक्तपुरमा ३ सय २४, ललितपुरमा ५ सय १० र काठमाडौंमा ३१ सय ८५ रहेको छ ।

अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या कति पुग्यो ?
नेपालमा आज कोरोना भाइरसबाट थप ११ जनाको ज्यान गएको पुष्टि भएको छ । जसमा २ महिला र ९ जना पुरुष रहेका छन् । मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिला, कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुष, बाँकेमा ३७ वर्षीय पुरुष, काठमाडौंमा ५१ वर्षीय पुरुष र बारामा ४१ र ४६ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै देशभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ सय ७५ पुगेको छ ।

बुधबार कति संक्रमित थपिए ?
बुधबार मात्रै ८ सय ८५ जनामा संक्रमण देखिएको छ । जसमध्ये २ सय ९९ जना महिला र ५ सय ८६ जना पुरुष रहेका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

पीसीआर परीक्षणको अवस्था कस्तो छ ?
पछिल्लो २४ घण्टामा १३ हजार २ सय ५३ परीक्षण गरिएको छ । योसँगै देशभर अहिलेसम्म ६ लाख ३५ हजार २ सय ५२ पीसीआर परीक्षण गरिएको छ ।

डिस्चार्ज हुनेको संख्या कति पुग्यो ?
आज ३ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन । जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२, प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ जना रहेका छन् । योसँगै देशभर अहिलेसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् ।

संक्रिय संक्रमितको अवस्था कस्तो छ ?
आज देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ९९ रहेको छ । जसमध्ये प्रदेश नम्बर १ मा १ हजार २ सय ६२, प्रदेश नम्बर २ मा १ हजार ८ सय ८१, बागमती प्रदेशमा ३ हजार ३९, गण्डकी प्रदेशमा ३ सय ८७, प्रदेश नम्बर ५ मा ७ सय ९४, कर्णाली प्रदेशमा ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा ९ सय ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् भने भेन्टिलेटरमा १४ जना उपचाररत रहेका छन ।

त्यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय २२, प्रदेश नम्बर २ मा ३ हजार ६ सय ७५, बागमती प्रदेशमा १ हजार ४ स ९९, गण्डकी प्रदेशमा १८, प्रदेश नम्बर ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ३३ जना रहेका छन् ।

क्वारेन्टाइनको अवस्था कस्तो छ ?
देशभर ९ हजार ८ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर १ मा ८ सय ५६, प्रदेश नम्बर २ मा ९ सय ६८, बागमती प्रदेशमा ७ सय ६६, गण्डकी प्रदेशमा २ हजार ३ सय ४३, प्रदेश नम्बर ५ मा १ हजार १ सय ९९, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८६ जना रहेका छन् ।

Logo