गीतकार महेश्वर शर्माको ‘मुटु भरि देश बोकी’ बजारमा (भिडियो)

गीतकार महेश्वर शर्माको ‘मुटु भरि देश बोकी’ बजारमा (भिडियो)


काठमाडौं ।

कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘मुटु भरि देश बोकी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो पहिलो गीत हो । प्रस्तुत गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ । गीतमा संगीतकार आनन्द राईको संगीत सुन्न सकिन्छ । महाराज थापा यो गीतका संगीत संयोजक हुन् भने साजन शाहले यो गीतलाई मिक्सिङ गरेका हुन् ।

यस गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका छन् । भिडियोलाई राज पोखरेल र दीपेन्द्र भट्टले छायांकन गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् ।

गीतमा कलाकारहरु सरोज दाहाल, साक्षी लम्साल लगायत अन्य सर्जकहरुको अभिनय देख्न सकिन्छ। भिडियो :

 

Logo