गाजाको अवस्थाबारे छलफल गर्न सुरक्षा परिषदको आपतकालिन बैठक बस्दै

गाजाको अवस्थाबारे छलफल गर्न सुरक्षा परिषदको आपतकालिन बैठक बस्दै


गाजाको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदले आपतलीन बैठक बोलाएको छ । तीन दिनको घातक द्वन्द्वपछि इस्लामिक जिहाद लडाकू र इजरायलबीचको अस्थायी युद्धविराम भइरहेका बेला परिषद्ले आपतलीन बैठक बोलाएको हो । 

इजरायल र गाजाका विद्रोही लडाकु समूहबीचमा युद्धविराम गर्ने सहमति भएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वागत गरेका थिए ।
इजरायल डिफेन्स फोर्स आईडीएफले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लो लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् ।

सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् । गाजा हिंसाको अफ्रिकन युनियनलगायतले विरोध गरेका छन् । 
 

Logo