भारतद्वारा चन्द्रयान-२ को सफल प्रक्षेपण

एजेन्सी । भारतले आफ्नो ‘चन्द्रयान-२’ को सफल प्रक्षेपण गरेको छ । सोमबार चन्द्रमामा आफ्नो अन्तरिक्ष यान ‘चन्द्रयान–२’ को सफल प्रक्षेपण गरेको हो ।

चन्द्रयान २ लाई भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सोमबार (जुलाई २२) स्थानीय समय अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा (नेपाली समय अनुसार दिउँसो ३ बजे) प्रक्षेपण गरेको हो।

गत सोमबार (जुलाई १५) चन्द्रयान–२ को प्रक्षेपण अन्तिम अवस्थामा रोकिएको थिया । प्राविधिक कारणबस प्रक्षेपण समयभन्दा ५६ मिनेट पहिलो स्थगित भएको थियो।

भारतको पहिलो मार्स स्याटेलाइटको लागत स्पेस विज्ञानमा आधारित फिल्म ग्रेविटी भन्दा पनि कम थियो । चन्द्रयान २ को लागत १४.१ करोड डलर रहेको छ । जुन अमेरिकाको एपोलो प्रोग्रामको लागत भन्दा २५ अर्ब डलर कम हो । भारतले चन्द्रमामा मानव पाइला टेकेको ५० वर्ष पुगेको अवसरमा दोस्रो यान पठाएको हो ।