आफ्नो आलोचना गर्नेलाई साम्राज्ञीले दिइन् यस्तो जवाफ

काठमाडौं । अभिनेत्री साम्राज्ञी आरएल शाहले आफ्नो आलोचना गर्नेलाई कुकुरको संज्ञा दिएकी छन् । इन्डोनेसियामा विकिनी अवतारमा तस्बिरहरू सार्वजनिक गर्दै आएकी साम्राज्ञीले आफ्नो विरोध तथा आलोचना गर्नेलाई कुकुरको संज्ञा दिएकी हुन् ।

इन्डोनेशियाको एक समुन्द्री किनारमा प्रेमी देवांश राणासँग रोमान्स गर्दै गरिरहेको तस्बिर सार्वजनिक भएपछि उनको विभिन्न खाले टिकाटिप्पणी सुरु भएको थियो । अधिकांशले उनको आलोचना गरिरहेका छन् ।

रातो बिकिनी लगाएको सार्वजनिक केही तस्वीरमा प्रेमी देवांशले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको आलोचनादेखि ट्रोल सम्म भइरहेको छ ।

केही दिन देखि लगातार भएपछि उनले इंस्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गरेकी छन् । आफ्नो आलोचकहरूलाई घुमाउरो पारामा जवाफ दिँदै कुकुर घुक्दै जान्छ हात्ती लम्कदै जान्छ भनेकी हुन् ।