चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस

चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस


चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्मसानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । 

पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनामा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । 

यो भाइस जनावरबाट आएको हुनसक्ने उनीहरूको भनाइ छ । संक्रमित व्यक्तिमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । 

हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो संक्रमणबाट अहिलेसम्म चीनमा ३५ जना संक्रमित भएको जनाइएको छ ।  

Logo