फिल्म कबड्डी कबड्डी कबड्डीको गित सार्वजनिक (भिडियो सहित)

काठमाडौं,

नेपाली फिल्म ‘कबड्डी’ को सिक्वेल रहेको ‘कबड्डी कबड्डी कबड्डी’ को गित दुबो फूल्यो सार्वजनिक गरिएको छ ।

गितमा गायक हेमन्त राना र ऋतिका श्रेष्ठले स्वर दिएका छन् । यसमा लय हर्क साउदको छ भने संगित एस डि योगीको छ । पहिले माया मोहनी लगाउनी, अहिले भेटौं भन्दा नि नआउनी बोलमा सुन्न सकिने यो डान्सिङ मोडेलको गित हो ।

कबड्डीको दोस्रो सिक्वेल जहाँ पुगेर अन्त्य हुन्छ फिल्मको तेस्रो श्रृंखला ‘कबड्डी कबड्डी कबड्डी’ को त्यहिबाट कथा सुरु हुने बताइएको छ । फिल्ममा दयाहाङ राई, उपसाना सिंह ठकुरीसँग रोमान्स गर्नेछन् । विवाह र अन्तरजातीय प्रेम सम्बन्धमा आधारित रहेको यस फिल्मका कथा निर्देशक स्वयं र उपेन्द्र सुब्बाको रहेको छ ।

बासुरी फिल्मसको निर्माण रहेको यस फिल्ममा सिनेमा आर्टको प्रस्तुति रहेको छ । माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका छन् ।

फिल्ममा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ । यसको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् । फिल्मको प्रदर्शन मिति भदौ १३ गते तय गरिएको छ । हेरौं गित यस्तो छ:

 

फिल्म कबड्डी कबड्डी कबड्डीको गित सार्वजनिक (भिडियो सहित)