आज स्वदेश फर्किँदै अध्यक्ष प्रचण्ड

आज स्वदेश फर्किँदै अध्यक्ष प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किँने भएका छन् ।

नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ।

टोलीमा अध्यक्ष प्रचण्डसँगै उनका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र  छोरि गङ्गा दाहाल छन्।

जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले त्यहाँको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए।

Logo