थप ८६८ जनामा कोरोना पुष्टि

थप ८६८ जनामा कोरोना पुष्टि


पछिल्लो २४ घण्टामा ८६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

 पछिल्लो २४ घन्टामा ३ हजार ६१४ नमूनाको पीसीआर र ३  हजार ९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४९६ र एन्टिजेन विधिबाट ३७२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

सोही समयमा कोरोनाबाट थप ३ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५८८५ रहेको छ। पछिल्लो २४ घन्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको भनाइ छ।

Logo