सरकार स्वास्थ्य-शिक्षालाई नै निषेध गर्न खोज्दैछ: केपी शर्मा ओली

सरकार स्वास्थ्य-शिक्षालाई नै निषेध गर्न खोज्दैछ: केपी शर्मा ओली


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन् । 

स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरुको हर्ब बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भईरहेको अध्यक्ष ओलीको भनाइ थियो । बुधबार काठमाडौंमा आयोजित कृषि वैज्ञानिकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले कृषिको उपज बढाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसका लागि कृषि बजारको अभाव भने नेपालमा नभएको दावी गरे ।

उनले भने, ‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ । यसलाई त मेडिकल हब बनाउनुपर्ने हो । मेडिकल एजुकेशन हब बनाउनुपर्ने हो । उपचार अस्पतालको हर्व बनाउनुपर्ने हो–यो देशलाई । यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ । यी आधारभूत आवश्यक्ताहरुको परिपूर्ति गर्दै हामी अघि बढनु पर्दछ । कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्दछ । यस क्षेत्रमा संलग्ने हुने जनशक्ति घटाउनुपर्दछ । जसले यसको उत्पादन लागत घटाउँछ । अन्नवालीको पनि नश्ल सुधार गरौं । उत्पादन र उत्पादकत्व बढाऔं । र, देशलाई पहिलो कुरा त आत्मनिर्भर बनाऔं ।’ 
अध्यक्ष ओलीले कृषि उपज बढाउनका लागि माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताए । 

Logo