चुनावी घोषणपत्र तयार गर्न नेकपा एसले बनायो तीन सदस्यीय समिति

चुनावी घोषणपत्र तयार गर्न नेकपा एसले बनायो तीन सदस्यीय समिति


 माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ ।

उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । सो समिति गठन भएसँगै नेकपा एस चुनावी घोषणा पत्र तयारीका लागि समिति गठन गर्ने सम्भवत पहिलो पार्टी पनि बनेको छ ।

बुधवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार छनौटका लागि आवाश्यक मापदण्ड, विधि र प्रक्रिया तयार गर्नका लागि महासचिव बेदुराम भुसाललाई जिम्मोवारी तोकेको छ ।

निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि कार्यालय सचिव गंगालाल तुलाधारलाई जिम्मेवारी तोकिएको नेकपा एसले जानकारी दिएको छ ।

Logo