हेटौडामा भयानक सवारी दुर्घटनाः २ जनाको मृत्यु, ५ जना घाइते

मकवानपुर । हेटौडाको चुरियामाई नजिकै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाराबाट हेटौडातर्फ आइरहेको भारतीय नम्बरको ट्रकसँग एक मोटरसाइकल, एक अटो र एक टाटा सुमो ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पाँच जना घाइते भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए । उनीहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।

एमएल०१बि ८०३१ नम्बरको भारतीय ट्रकले नम्बर खुल्न नसकेको तीन सवारीलाई ठक्कर दिएको एसपी सिंहको भनाई छ । दुर्घटनामा परी ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।