थाहानगरमा ६० बर्षीय महिलामाथि बलात्कार प्रयास
File Photo

मकवानपुरमा ६० बर्षिया एक महिलामाथि बलात्कारको प्रयास भएको छ ।

जिल्लाको थाहा नगरपालिका ६ बज्रवाराहीकी महिलामाथि उनकै घरमा डेरा गरि बस्ने कलैयाका २० वर्षिया नरेश दासले सोमबार साँझ बलात्कार प्रयास भएको परिवारको आरोप छ । आफ्नो कोठामा बत्ती नभएको निहुँ पारी घरबेटी महिलाको कोठामा पुगेका दासले जबर्जस्ती गरेको पीडित परिवारले जानकारी दिएका छन्। आफू चिच्याएपछि युवकले घाँटी थिचेको र स्थानीयले थाहा पाएपछि झ्यालबाट हामफालेर भागेको पीडित महिलाले बताएकी छन्।

इलाका प्रहरी कार्यालयका प्रमुख लोकबहादुर गुरुङ्ले घटनाको पुष्टि गर्दै अभियुक्तलाई पक्राउ गरि म्याद थपको लागि सदरमुकाम हेटौडा पठाएको जानकारी दिए। महिलाको काठमाडौस्थित एक अस्पतालमा उपचार भैरहेको छ ।

अभियुक्त दास लुगा सिलाउने काम गर्दै आएका थिए ।