बलात्कार गरेको आरोपमा शिक्षकमाथि अनुसन्धान

काठमाडौं । महिलामाथि बलात्कार गरेको आरोपमा एक शिक्षकमाथि अनुसन्धान थालिएको छ । कपनको ग्राम शिक्षा माविका शिक्षक गोकर्ण प्रसाद बञ्जाडेमाथि बलात्कार गरेको आरोप अनुसन्धान थालिएको हो ।

उनले बालाजुमा बस्दै ३१ वर्षीया महिलामाथि गत फागुन १४ गते तार्केश्वर नगरपालिका १७ नागपोखरीमा बलात्कार गरेका थिए । उनको कब्जाबाट भाग्न सफल ति महिलालाई विभिन्न धम्की दिँदै कसैलाई नभन्न चेतावनी दिदैं आएका थिए ।

कसैलाई भने वा प्रहरीमा उजुरी दिएमा एसिड प्रहार गरिदिने भन्दै अहिलेसम्म धम्की दिँदै आएका थिए । बलात्कारपछि मानसिक रुपमा विक्षिप्त बनेकी ति महिलाले उक्त घटनाबारे आफ्नो श्रीमानलाई समेत जानकारी गराउन सकेकी थिईन् ।

दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि अन्ततः उनले फागुन १४ को घटनाबारे बताएकी थिईन् । महिला अधिकार आयोग तथा विभिन्न संघसंस्थाको सहयोगमा प्रहरीमा उजुरी परेपछि शिक्षक बञ्जाडेलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो । नेपालको कानूनमा बलात्कार भएको एक वर्षसम्म प्रहरीमा उजुरी दिन पाउने व्यवस्था छ ।

कलेज पढ्ने बेलासम्म उनीहरु दुवैजना साथी थिए । र शिक्षक बञ्जाडेले ति महिलालाई प्रेम प्रस्ताव गरेका थिए । तर उनले अस्वीकार गरेकी थिईन् । कलेज सकिएपछि उनीहरुबीच लामो समयसम्म भेट भएन् । त्यसपछि उनले माघ १९ गते फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाए । त्योबीचमा उनीहरुबीच सामान्य कुराकानी भयो । तर बञ्जाडेले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको लगायतका विभिन्न कुराहरु गथ्र्ये । राहत शिक्षिका समेत रहेकी ति महिला र उनीबीच स्कूल विदा भएपछि बाटोमा भेट भयो । त्यो दिन सामान्य कुराकानी भयो ।

पछि विस्तारै उनले ति महिलालाई पछ्याउन थाले । र त्यो बीचमा चिया गफ हुन थाल्यो । फागुन १४ गते भने बञ्जाडेले अलि पर गएर खाजा खाने प्रस्ताव गरे र उनले अस्वीकार गर्न सकिनन् । मोटरसाइकलमा लगे । जाने क्रममा जुन बाटो जानुपर्ने थियो मोटरसाइकल त्यसको विपरित मोडियो । उनले यता कता लगेको भनिन् । तर उनले स्पिडले कुदाए । र नागपोखरीमा लगेर बलात्कार गरे । एक पटक बलात्कार गरेपछि उनी त्यहाँबाट भाग्न सफल भइन् । त्यसपछि बञ्जाडेले कसैलाई नभन्न धम्की दिइरहे ।

त्यो बीचमा उनमा मानसिक समस्या उत्पन्न भयो । भनौं भने श्रीमान पनि विश्वास नगर्ने हुन कि भन्ने डर अर्कोतिर भोली अरूले थाहा पाए के हुने होला भन्ने चिन्ता जसबाट उनी विक्षिप्त बनिन् । उनमा मानसिक समस्याको लक्षण देखियो । र अन्तमा उनले सबै कुरा बताइन् ।

महानगरीय प्रहरी बृत बालाजुको नियन्त्रणमा रहेका बञ्जाडेमाथि बलात्कारको मुद्दा दर्ता गरिएको डिएसपी बालनर्सिङ राणाले जानकारी दिए । बलात्कार भएको एक वर्षसम्म उजुरी दिन पाउने कानूनी व्यवस्थाको आधारमा जाहेरी लिएर अनुसन्धान भइरहेको डिएसपी राणाको भनाई छ ।

त्यो बीचमा बञ्जाडे परिवारले आर्थिक प्रलोभन देखाएर मुद्दा फिर्ता लिन दबाव पनि दिएको पीडित महिलाको परिवारले जनाएको छ । उनी यतिबेला श्रीमान तथा घरपरिवारबाट समेत पीडित बनेकी छन् । ति महिलाका एक छोरा र एक छोरी छन् । भने बञ्जाडेका पनि एक छोरी छन् । प्रहरीमा जाहेरी परेसँगै उनी निलम्बित भएका छन् । निमावि स्थायी शिक्षक बञ्जाडेले दुवै जनाबीच भेट भएको तर पीडितले लगाएको आरोप झुटा भएको बताउँदै आएका छन् ।